उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार ‘बुलाकी’लाई

काठमाडौं, १२ मङ्सिर । सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड लक्ष्मण सुनारद्वारा निर्देशित चलचित्र ‘बुलाकी’ ले पाएका छन् ।

राष्ट्रपति निवासमा आज आयोजित विशेष समारोहमा उक्त चलचित्रलाई सो अवार्ड प्रदान गरेकाे हाे ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहको आयोजना गरिएको थियो । २०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकीलाई जुरीले सर्वोत्कृष्ट ठहर गरेको हो ।

सर्वोत्कृष्ट निर्देशकहको अवार्ड भने ‘दिमाग खराब’ का लागि निश्चल बस्नेतले पाएका छन् । सोही चलचित्रबाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरेकी छन् । उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘प्रसाद २’ बाट विपिन कार्कीलाई प्रदान गरिएको छ ।

अन्य पुरस्कृतहरुमा उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा), उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी), उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी),उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बु भाषा)ले प्राप्त गरेका छन् ।

निर्णायक समिति प्रोत्साहन पुरस्कारमा व्यावसायिक चलचित्रका रूपमा चलचित्र जारीबाट (वि.सं. २०८०) छन् ।

विशेष योगदान सम्म्मानबाट तैयव शाहः कलाकार, कृष्णप्रसाद रायमाझीः प्रदर्शक,नारायण प्रधानः द्वन्द्व निर्देशक, विद्या कार्कीः कलाकार, नरेन्द्र महर्जनः प्रदर्शक,नन्दकिशोर प्रसाद श्रीवास्तवः कलाकार/निर्माता, भोजबहादुर गुरुङः निर्देशक र निर्माता, अमुल कार्की ढलीः संगीत संयोजक, ध्रुबकुमार श्रेष्ठः प्रदर्शक, बुद्धि तामांगः कलाकार, सबिता गुरुङः कलाकार रहेका छन् ।

विशेष चलचित्र पुरस्कारमा सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा), चलचित्र दीर्घ साधना सम्मानबाट चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री) रहेका छन् ।