गौरीशंकरको उपाध्यक्षमा अघि बढ्यो एमाले पछिपछि माओवादी
दोलखा, १७ मङ्सिर । दोलखाको गौरीशंकर गाउँपालिकाकाे उपाध्यक्षमा नेकपा एमाले अघि लागेकाे छ ।
यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राखिरहेकी थिइन् । पछिल्लो परिणाम अनुसार वडा नम्बर १ देखि ६ सम्मका मत गणना सकिँदा नेकपा एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले अग्रता बनाएकी हुन् । उनले ६६ मतले अग्रता लिएकी छन् ।
एमालेकी उमा शेर्पाले १९७२ मत ल्याएर अगाडि छिन् । उनलाई माओवादीकी निमलेकी शेर्पाले १९०६ मत ल्याएर पछ्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १२७८ मत ल्याएको छ ।