नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सी जिनपिङको घोषणा

काठमाडौं, १८ मङ्सिर । चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

प्रधानमन्त्री कपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले सो घोषणा गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता पनि भएको छ ।

सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयाे ।

प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुभएकाे छ । सीले अनुकुल समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले बताउनुभयाे ।