नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग : प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने

काठमाडौं, २ पुस । नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरुले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने औपचारिक घोषणा गरेको हाे ।

आज विज्ञप्ति जारी गर्दै क्यानले विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।

एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोजले स्थान बनाएका छन् ।