हङकङबाट आएकाे जहाजमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु
काठमाडौँ, ७ पुस । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुको मृत्यु भएको छ ।
नेपाल वायुसेवा निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भटिएका ताप्लेजुङका देउमान लिम्बुलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरिएको हो ।
उनी जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको विमानस्थल स्रोतले बताएको छ ।
उनलाई केएमसी पुर्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको छ । मृतक देउमान ५३ वर्षका थिए ।