चीन भूकम्प : मृत्यु हुनेको संख्या १२६ पुग्यो, १८८ जना घाइते
काठमाडाैं, २४ पुस । चीनकाे तिब्बत केन्द्रबिन्दु भएर गएकाे भूकम्पमा परी १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्।
मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ।
भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्सकाे समाचारमा उल्लेख छ। डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ।
भूकम्प गएपछि त्यहाँ उद्धारका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।
भूकम्पबाट धेरै घरहरू भत्किएको र उद्धारकाे काम चलिरहेको चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन्।
बिहान ६:५० बजे गएको भूकम्पले नेपालमा पनि ठूलाे धक्का महसुस भएको थियो।