वामदेवको पीडाः साथीहरु एमालेमा जाँदा राम्रो भन्नुहुन्छ, केपी ओली हल्काफुल्का रुपमा लिनुहुन्छ (भिडियो)

वामदेव गौतम नेकपा (एमाले)मा जाने कि, एकीकृत समाजवादीमा जाने भन्नेमा अन्योलमा हुनुहुन्छ भन्ने चर्चा छ, यो सत्य हो ?

नेकपा (एमाले) तिर गए पनि नेकपा एकिकृत (समावादी) तिर गए पनि मेरो उदेश्य भनेको सबैलाई एकीकृत गर्ने भन्ने नै हो ।

तपाईंले त यसका लागि अभियान नै चलाउनु भएको छ नि ?

त्यो अभियान अहिले पनि छ । त्यो अभियानको उदेश्य पनि एमाले र एकीकृत समाजवादीलाई एक गर्ने भन्ने नै हो त्योसँगै माओवादीलाई पनि एकीकृत गर्ने हो । त्यसपछि बाँकी रहेका कम्युनिष्टहरुलाई पनि एकीकृत गर्ने हो । त्य म लागि रहेको छ । पुस २७ गते एकता अभियानको केन्द्रीय कमिटी बैठक छ । त्यसले धेरै कुराको निश्चित गर्छ । त्यसपछि हामी नै शक्तिशाली भएर अघि बढ्ने कि, कुन पार्टीमा जाने भन्ने पनि निश्चित हुन्छ । अहिले तत्कालै दुई पार्टीलाई एक गर्ने सम्भावना छैन । नेकपा (एमाले) र नेकपा एकीकृत (समाजवादी)लाई ०८४ भित्र एकीकृत गर्ने अभियानमा छु ।

वामदेव गौतम एकीकृत समाजवादीमा जाने निश्चित थियो । पद नमिलेकाले रोकियो भन्ने पनि चर्चा छ नि ?

त्यहाँ भित्र के–कस्तो संरचना छ थाहा भएन । तर, पार्टी संरचना सिद्धान्तमा आधारित हुन्छ । त्यो सिद्धान्त वमोजिम भएको छैन भने म त्यहाँ गएर सिद्धान्त वमोजिमको बनाउनु पर्ने हुन्छ । त्यसैले अधिकार सम्पन्न संरचनाको जिम्मेवारी मैले पाउनुपर्छ भन्ने हो । नेतृत्वदायी ठाउँमा म रहनपर्छ र मैले त्यसको नेतृत्व गर्न पाउनुपर्छ ।

तपाईँले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि एमालेमा फर्किने भनेर भेट भएको थियो । त्यसपछि भेटघाट नै भएन भन्ने पनि छ नि ?

मैले उहाँलाई धेरै पटक भेटेर अनुरोध गरेँ । एमाले भित्र मैले विभिन्न समयमा कमिटीमा आवद्ध गरेका, प्रशिक्षित गरेका साथीहरु छन् । त्यसैले मैले पार्टी अध्यक्षलाई साथीहरुमार्फत पनि म पार्टी छाडेर गए पनि फेरि पार्टीमा आउन चाहन्छु । मलाई ल्याउनुहोस्, जिम्मेवारी दिनुहोस् भनेर अनुरोध गरेँ । मलाई किन ल्याउनु हुँदैन ? भनेर पनि भने । तर, उहाँले ‘अरु नै विषयका कुरा चलिरहेका बेला फेरि एकताको कुरा गर्नुहुन्छ, आउनुहोस् न त भनेर हल्काफुल्का कुरा गर्नुभयो । उहाँको त्यहि ताल हुन्छ । केही न केही गरेर अपमान गर्ने ताल उहाँको आइहाल्छ । उहाँले मलाई त्यसै गर्नुभयो । अहिले उहाँको के छ म भन्न सक्दिन । हाम्रा साथीहरुचाँहि एकीकृत समाजवादीमा जानुहुन्न, एमालेमै जानुपर्छ भन्ने साथीहरु पनि हुनुहुन्छ । म जे निर्णय हुन्छ त्यहि पालना गर्छु ।

०८४ सम्ममा सबै कम्युनिष्ट एक हुने संभावना कत्तिको देख्नु भएको छ ?

त्यो संभावना छ । कम्युनिष्ट पार्टीको घोणणापत्रमै एउटा देशमा पहिला नै बनेको कम्युनिष्टको विरोध हुने गरी अर्को कम्युनिष्ट पार्टी गठन नगर भनिएको छ । गठन गर्छौ भने त्यो कम्युनिष्ट हुन सक्दैन भन्ने सैद्धान्तिक निर्देशन छ । कम्युनिष्ट पार्टी श्रमजिवी वर्गको प्रतिनिधिका रुपमा रहनुपर्छ । त्यसो हुँदा श्रमजिवी वर्गको प्रतिनिधित्व गर्न धेरै पार्टी हुनुहुँदैन । यो भनेको एउटा मात्रै कम्युनिष्ट पार्टी भयो भने मात्रै क्रान्ति सफल पार्न सक्छ ।

क्रान्ति सम्पन्न गर्न एमालेमा जाने वाटो सहज कि एकीकृत समाजवादीमा जाने बाटो सहज ?

समाजवादीमा पनि मसँग खेलेका साथीहरु धेरै छन् । एमालेमा झन थेरै छन् । मेरो आवश्यकता ती संगठित भएका नेताहरुले होइन सबै भन्दा तल्लो तहमा रहेको जनताले मलाई चाहि रहेको छ । जवसम्म म कुनै पार्टीको संगठित सदस्य हुन्न तवसम्म अवस्था यस्तै रहिरहन्छ ।