श्रीखण्ड तरुमूल महाविहारले आज आयुसंस्कार परित्याग दिवस मनाइदै, शाेभायात्रामा दशहजार भन्दा बढी सहभागी हुँदै (तस्बिरहरू)

काठमाडौं, ३० माघ । गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भन्दा ३ महिना अघि नै माघपूर्णिमा (सिल्लापुन्हि) का दिन आफ्नो निर्वाण प्राप्त गर्ने मिति बताउनु भएको थियो । भगवान बुद्धले आफुले निर्वाण प्राप्त गर्ने दिन घोषणा गरेको दिनलाई समस्त बौद्ध जगतले आयुसंस्कारपरित्यागको दिन मानी उत्सवको रुपमा मनाउँदै आएका छन् ।

श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको आयुसंस्कारपरित्याग दिवस मनाउँदैँ आएको हाे ।

महाविहारले आज माघ ३० गते उक्त अवसरमा वृहद शोभायात्रा गर्दैछन् । संयोजक, ई दिल्लीरत्न शाक्यका अनुसार ‘अघिल्लो वर्ष पनि आयुसंस्कार परित्याग दिवसका दिन भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा विराजमान गराई बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा गरी नगर परिक्रमा गराएकाे थियाे ।

शाक्यले भन्नुभयो, ‘यो वर्ष शोभायात्रा काठमाडौंको वसन्तपुर, काष्ठमण्डप, चिकंमुगल, जैसीदेवल, ज्याबहाल, लगन, व्रम्हटोल, ह्यूमत पुगेर फेरी कोहिति, भिमसेनस्थान, मरुटोल, प्याफल, यत्खा, नरदेवी, त्यंगल, बाङ्गेमुढा, न्हाय्कंतला, असन, केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरमा पुगेर सामपन गर्ने कार्यक्रम रहेको छ ।’

उहाँले शोभायात्रामा काठमाडौंका विभिन वौद्ध विहारका बज्राचार्य, शाक्य गूरूहरू तथा उपासक–उपासिकाहरुका साथै समाजका विभिन्न समूदायका हजारौँको संख्यामा सहभागिता रहने जानकारी दिनुभयो ।

गौतमबुद्धले २९ वर्षको उमेरमा गृहत्याग गर्नुभएको थियो भने ३५ वर्षको उमेरमा वैशाखपूर्णिमाको रातमा सम्बोधि लाभ (वोधिज्ञान) गर्नुभएको थियो । आज भन्दा २५०० वर्ष अघि वैशाखपूर्णिमाका दिन लुम्बिनीमा जन्मिनु भएका बुद्धले ८० वर्षको उमेरमा वैशाखपूर्णिमाकै दिन सहज महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।

‘१२ सय ५० भन्दा बढी अर्हत् भिक्षुहरु एकत्रित भएको, एकत्रित सबै भिक्षुहरुको बुद्धवाक्यद्वारा उपसम्पदा हुनु, एकत्रित सबै भिक्षुहरुको पूर्वसूचना विना समागन हुनु, एकत्रित भिक्षुहरुलाई भगवान बुद्धद्वारा ओवाद प्रतिमोक्ष उपदेश प्रदान गर्नु जस्ता सुयोगले पनि यो दिनलाई धुमधामसँग मनाउने परम्परा छ,’ शाक्यले भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *