बबरमहलमा मेलम्चीको पाइप फुट्दा डुबानमा परे कार्यालयहरू

काठमाडौं, ३० माघ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुट्दा सडकमा खोला बगेपछि कार्यालयहरू डुवानमा परेका छन् ।

बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेपछि वन परिसरभित्र पानी पसेको छ। जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा पनि पानी पसेपछि कार्यालयहरू डुवानमा परेका हुन् ।

सडकमा पानी निस्किँदा सडक जाम भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले पाइप फुटेपछि त्यस भेगको वितरण प्रणाली बन्द गरिएको जानकारी दिनुभयो।

उहाँले पाइप कहाँ फुटेको हो भन्ने पत्ता लगाउन कर्मचारी परिचालन गरिएको बताउनुभएकाे छ साथै समस्या हेरेर छिटै समस्याकाे समाधान गरिने पनि बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *