फरक क्षमता भएका व्यक्तिलाई रामपुरले दियाे सहायता सामग्री
पाल्पा, १ फागुन । पाल्पाको रामपुर नगरपालिकाले फरक क्षमता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको छ।
रामपुर-७ का नौ जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर प्रदान गरिएको हो।
हिँडडुल गर्न नसक्ने र परिवारको सहयोगमा आश्रित ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई वडा कार्यालयले आवश्यकता अनुसार ह्विलचियर उपलब्ध गराएको वडाध्यक्ष दोवराज तिवारीले जानकारी दिए।
वडा कार्यालयले १ लाख ११ हजार रुपैयाँ बराबरको ह्विलचियर वितरण गरेको हो। जसमध्ये ५० हजार वडा कार्यालयको अपाङ्गता सहायता सामग्री खरिद शीर्षकबाट र ६१ हजार जापानी नागरिक काजुमा साकाकीमीले सहयोग गरेका थिए।