पोखरा बेलुन विष्फोट घटनाः छानबिन गर्न आठ सदस्यीय समिति गठन

काठमाण्डौं ४ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको छानबिन गर्न सरकारले आठ सदस्यीय समिति गठन गरेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री र एक जना विष्फोटक पदार्थविज्ञ सदस्य रहेका छन्।

समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ। बेलुन उडाउने क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएकाे थियाे । उहाँहरूकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *