सम्पदा संरक्षणका लागि ललितपुर महानगरपालिकाद्वारा वडा कार्यालय भत्काइयो
काठमाडौं, १२ फागुन । ललितपुर महानगरपालिकाले वडा नम्बर ५ मा रहेको ऐतिहासिक मल्लकालीन न्हू पुखु: (नयाँ पोखरी) को संरक्षणका लागि वडा कार्यालयको भवन भत्काएको छ।
नगर प्रहरी बल ललितपुरका प्रमुख सीताराम हाछेथुका अनुसार, सोमबार डोजर प्रयोग गरी वडा कार्यालयसहित वरपरका पक्की टहराहरू भत्काइएका हुन्।
सम्पदा संरक्षण अन्तर्गत महानगरपालिकाले न्हू पुखु: वरपरका संरचनाहरू हटाएको हो। संरचना भत्काउने क्रममा धुलो नउडोस् भनेर पानीको प्रयोग गरिएको थियो।