सशस्त्र प्रहरी इन्स्पेक्टर सन्तोषी महत आत्महत्या प्रकरण: इन्स्पेक्टर विवेक जोशी पक्राउ

कास्की, १३ फागुन । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको आत्महत्याको घटनामा इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

मृतक महतको परिवारले आत्महत्या दुरुत्साहन गरेको भन्दै किटानी जाहेरी दिएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए।

पक्राउ परेका जोशी हाल २३ नम्बर गण तनहुँमा कार्यरत छन्। सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरेका थिए।