प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजको डेन्टल कलेज भवन उद्घाटन

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको नयाँ भवन उपयोगी हुने विश्वास लिइएको छ।

कलेजले हालसम्म एमविविएसमा २,२६२, विडिएसमा ३३५, एमडि/एमएस र एमडिएसमा ३२४, डिएम एमसीएचमा ८, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २०८ गरी ४,०९८ जना दक्ष जनशक्ति उत्पादन गरेको जनाइएको छ।

कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायतको उपस्थिति थियो।