सिन्धुपाल्चोककाे भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, कति क्षति भयो ?

काठमाडाैं, १६ फागुन । सिन्धुपाल्चोककाे भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले सिन्धुपाल्चोकमा सामान्य क्षति पुर्‍याएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन।

दुगुनागडीमा सानो पहिरो गएको छ भने एउटा प्रहरी चौकीको भवनमा सामान्य चर्केको छ। भूकम्पको कारण कारागारको दोस्रो तलाबाट हाम फाल्दा एकजना कैदीको हात भाँचिएको छ। थप विवरण आउन बाँकी छ।