प्रेस चौतारी नेपालको महाधिवेशनको मिति सर्‍यो, अब चैत १० देखि विराटनगरमा हुने

काठमाडौँ, १६ फागुन । प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशनको मिति सारेको छ।

अब महाधिवेशन आगामी चैत १० देखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुने प्रेस चौतारीले जनाएको छ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले यो निर्णय गरेको हो। यसअघि महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरिएको थियो।

प्रेस चौतारीका महासचिव हिरामान लामाका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेका कारण महाधिवेशनको मिति सार्नु परेको हो।

उनले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरूको उत्सवका रूपमा सम्पन्न गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *