नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडितद्वार गरिएकाे प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते

काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ। झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ। अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *