भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

दुबई, २१ फागुन । विराट कोहलीले ९८ बलमा ८४ रन बनाएपछि भारत अस्ट्रेलियालाई चार विकेटले हराएर च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ ।
दुबई क्रिकेट रङगशालामा मङ्गलबार राति टस जितेर पहिले ब्याटङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा २६४ रनमा अलआउट भएको थियो । भारतले ४८.१ ओभरमा छ विकेटको क्षतिमा २६७ रन बनाएर जित प्राप्त गर्यो । आइससीको इभेन्टमा अस्ट्रेलियाविरुद्ध भारतले यति धेरै रन पहिलो पटक पछ्याएको हो ।
कप्तान रोहित शर्मा २८ र सुभमम गिल ८ रनमा आउट भएपछि भारत समस्यामा थियो । कोहली र श्रेयर आइयर (४५ रन)ले तेस्रो विकेटका लागि १११ बलमा ९१ रनको साझेदारी निर्वाह गरेर भारतको पालि सम्हाले । श्रेयस ४५ रनमा आउट भए । तर केएल राहुलले ३४ बलमा अविजित ४२ रन बनाएर भारतलाई जितसम्म पुर्याउनुभयो । हार्दिक पाण्ड्याले पनि तीन छक्का प्रहार गरेर भारतलाई लक्ष्य नजिक पुर्याए ।
यसअघि अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ९६ बलमा सर्वाधिक ७३ रन बनाएका थए । तेज बलर मोहम्मद सामीले सर्वाधिक तीन र स्पीनरद्वय वरुण चक्रवर्ती र रविन्द्र जडेजाले दुई–दुई विकेट लिए ।
भारतको जितसँगै च्याम्पियन्स ट्रफीको फाइनल दुबइमा हुने भएको छ । भारतले फाइनलमा दक्षिण अफ्रिका अथवा न्युजिल्यान्डमध्ये एकविरुद्ध खेल्नेछ ।