क्लब विश्वकप फुटबलको पुरस्कार रकम एक अर्ब डलर

ज्युरिच, फागुन २२ गते । फिफाले अमेरिकामा हुने क्लब विश्वकपमा सहभागी ३२ टिमका लागि कूल एक अर्ब अमेरिकी डलर पुरस्कार रकम प्रदान गरिने वाचा गरेको छ । ज्युरिचमा बसेको फिफाको बैठकले उक्त निर्णय गरेको हो । यद्यपि फिफाले टिमहरुलाई पुरस्कार रकम कसरी हस्तान्तरण गर्छ भन्ने बारेमा भने खुलाएको छैन ।

क्लब विश्वकपमा प्रत्येक महादेशबाट शीर्ष फुटबल क्लब सहभागी हुने प्रावधान छ । विगतमा आठ टोली मात्र हुने क्लब विश्वकप अब हुने संस्करणमा ३२ टिम सहभागी हुने बताइएको छ । क्लब विश्वकप तीन महिनापछि अमेरिकामा हुँदैछ । एपी