युगान्डाविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौँ, २५ फागुन । चार देश सम्मिलित महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

नामिबियाविरुद्धको पहिलो खेलमा पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ। नेपाल हिजो भएको पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो। युगान्डाले भने आफ्नो पहिलो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो।

नेपालको प्लेइङ-११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का रहेका छन्। प्रतियोगितामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *