राजसंस्थाको पक्षमा काठमाडाैंंमा नाराबाजी र प्रदर्शन, यातायात अवरुद्ध
काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडाैं आउनेभएसंगै त्रिभुवन विमानस्थल बाहिर राजसंस्थाको पक्षमा प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिरहेका छन्।
प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका छन्।
राजावादीहरूको प्रदर्शनका कारण त्यस क्षेत्रको यातायात अवरुद्ध भएको छ। ठाउँ ठाउँमा प्रहरीहरूकाे बाक्लाे उपस्थिती रहेकाे छ । काठमाडौंका विभिन्न स्थानबाट राजावादी कार्यकर्ताहरु एयरपोर्ट पुगेका छन् ।