सिरहामा एसईई परीक्षाको पहिलो दिनमै प्रश्नपत्र बाहिरियो

जनकपुर, ७ चैत्र । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनमै अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही बेरमै बाहिरिएको छ।

सामाजिक सञ्जालमार्फत बाहिरिएको प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको हो भन्ने भने खुलेको छैन ।

आजबाट सुरु भएको यस वर्षको एसईई परीक्षामा अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षालाई मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने सामग्रीमा प्रतिबन्ध लगाइएको थियो। तर पनि प्रश्नपत्र बाहिरिएको हाे।