बाढीपीडितलाई आवासको व्यवस्था गरिने गृहमन्त्री लेखककाे भनाइ

काठमाडौँ,७ चैत । गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताउनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज भएको ३० औँ बैठकपछि उहाँले सञ्चारकर्मीमाझ बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकतानुसार स्थायी, अस्थायी आवास निर्माण गरिने बताउनुभयो ।

उहाँले निजी आवास निर्माणमा राज्यका कसरी सहयोग गर्नसक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने जानकारी दिनुभयो ।

बैठकमा आगामी दिनमा विपद्बाट हुनसक्ने सबै किसिमका जोखिम नियन्त्रणका लागि पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिइएको तथा सरकोकार भएका सबै निकायबीच समन्वयात्मक ढङ्गले काम हुनुपर्नेमा जोड दिइएको थियो ।