ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति होइन र राजतन्त्र फर्किँदैन : सभापति देउवा

ललितपुर, १० चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएकाे भन्दै नेपालमा राजतन्त्र नफर्किने बताउनुभएकाे छ ।

कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा देउवाले केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति लक्षित गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा उहाँले भन्नुभयाे, “नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्, बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ।” देउवाले ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिनुभयाे । उहाँले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *