भक्तपुरकाे चुनदेवीमा पल्टियो बस, चार जना घाइते

भक्तपुर, २८ चैत्र । भक्तपुरकाे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बस पल्टिँदा चार जना घाइते भएका छन्।

च्यामासिंहबाट काठमाडौंतर्फ गइरहेकाे बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।

बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । दुर्घटनामा चार जना सामान्य घाइते भएका छन् ।

काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका हुन्।

उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल पठाइएकाे छ भने प्रहरीले बस र चालक भक्तपुर नगरपालिका ७ इनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *