सुन तोलामा १७ सयले घट्यो, कतिमा काराेबार हुँदैछ ?

काठमाडौं, २ वैशाख । सुनको मूल्य मङ्गलबार घटेर काराेबार भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हाे ।
आज सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च हो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ लाख ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।