सरकारसँगकाे वार्तापछि आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं, ६ वैशाख । सरकारसँग हिजाे भएकाे वार्तापछि आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ ।

महासंघले आज दिउँसो ३ः१५बजे बस्नेगरी रत्नराज्य मा वि बानेश्वरमा बैठक बाेलाएकाे हो ।

महासंघले बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।