रवि लामिछानेले जीवी राईको साझेदारी बन्न प्रस्ताव गरेका थिए, अस्वीकार गरेँः महेश बस्नेत (पूरा अन्तर्वार्ता)

नेकपा (एमाले)का युवा नेता महेश बस्नेतसँग पछिल्लो समय फस्टाउँदै आएको लोकप्रियतावादको राजनीति, स्वतन्त्रका नाममा रवि लामिछाने, बालेन साहहरुले गरेका गतिवधि, दुर्गा प्रसाईँको पछिल्लो हर्कत, राजावदीहरुले टाउको उठाउन थालेको सन्र्दभलगाएतसँग केन्द्रित भएर मैत्रिन्युजले केही समय अघि उहाँकै निवासमा कुराकानी गरेको थियो । करीव उहाँसँग ५५ मिनेट गरेको कुराकानीमा उहाँ रवि लामिछानेको पक्राउ सन्दर्भमा सोधेको प्रश्नमा यसरी खुल्नु भएको थियो ।
उहाँसँगको पूरा अन्तर्वार्ता भिडियोमा छ । क्लीक गर्नुहोला 
रवि लामिछानेजी यहि भक्तपुरको नगरकोट पारिपट्टिको गाउँमा जन्मिएका युवा हुन् । उनका बारेमा आन्द्राभुँडीबारे थाहा पाउने थोरै मान्छे मध्ये एउटा म पनि हुँ जस्तो लाग्छ । रविजी कलाकारितामा लाग्नुभयो । उहाँले आफ्नो आय–आर्जन गर्न र मोजमस्तीको जीवन विताउन उहाँले गर्नुभएका हर्कतबारे त्यतिबेलाका उनका समकालिनहरुलाई सोध्दा थाहा हुन्छ ।

उनी नेपालमा भविष्य नदेखेर नेपालको नागरिकता त्यागेर अमेरिका पुगेका व्यक्ति हुन् । अमेरिका पुगेपछि उनका दुई–तीन ओटा विवाह काण्ड, लिभिङटुगेदर काण्ड, अवैध श्रीमतिबाट जन्मिएका बच्चाको पालनपोषणका लागि उनले गरेको सम्झौता आदिका बारेमा धेरैलाई जानकारी छ ।
अमेरिकामा टिक्न नसकेपछि भागेर नेपाल आएपछि उनले गरेको रुवावासी, निकितासँग विवाह गर्न खर्चको जोहोका लागि उनले गरेका प्रयासहरु सबैबारे जानकारी भएकै कुरा हो ।

पछिल्लो सयम उनलाई राजनीतिमा आउने भोक जाग्यो । रविका विषयमा एउटा सन्र्दभ मलाई अहिले पनि याद छ । केही वर्ष अघि म पोखरामा थिएँ । जहाज नउडेपछि म गाडीमा काठमाडौँ फर्किदैँ थिए । एउटा होटलमा रवि, जिवीहरु बसिरहेका रहेछन् । मलाई झुक्याएर उनीहरुसँग भेट गराउने योजना रहेछ, भेट भयो । भेटमा उनीहरुले मलाई ‘माननीयज्यू एउटा टेलिभिजन खोल्नुपर्यो । तपाईँ जस्तो मान्छे हामीलाई चाहिएको छ’ भने । मैले रविजीलाई त्यसैबेला ‘रविजी तपाईँले गलत मान्छे समाउनुभयो । दुई ओटा कुरामा मबाट हुँदैन । पहिलो कुरा म नेता हुँ टिभी, सिवि खोल्ने व्यापारमा म लाग्दिन । मलाई निशुल्क सेयर पनि चाँहिदैन । राजनीति गर्ने मान्छे हुँ । राजनीति गर्ने मान्छे कहाँ अनेक प्रस्ताव दिएका आउँछन् । त्यस्ता कुराबाट बच्नुपर्छ । त्यसैले यस्ता कुरामा म लाग्दिन । अनि दोस्रो कुरा तपाईँसँग त झन म साझेदारी गर्दै गर्दिन भने । मैले रविजीलाई तुर्लुङ हतकडी झुड्याएर ‘महेश बस्नेतलाई किन हतकडी नलगाउने ?’ भनेर टेलिभिजनमा कराएको एक घटनाको स्मरण समेत गराएँ र मेरो शत्रुनासक ग्रह छ भने ।

पछि थाहा भयो । उनीहरुको सहकारी ठगी गर्ने त्यत्रो योजना बनिरहेको रहेछ । उनीहरुले अर्वौको ठगी गरेका छन् । केही ठगी गरेकाहरु जेलमा छन् । उनीहरु जेलमा थुनिनु किन नहुने ? चिरञ्जीवि वाग्लेहरु थुनिँदा, जयप्रकाश गुप्ताहरु थुनिदाँ, टोपबहादुर रायमाझीहरु थुनिँदा प्रतिशोध साँधिएन अनि रवीलाई थुन्दा के–को प्रतिशोध ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *