सिद्धान्तलाई क्यानले गर्याे पाँच लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौँ, ११ वैशाख । हेलिकप्टर सट प्रहार गर्ने क्रिकेटरको पहिचान बनाएका सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघ (क्यान)ले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा सिद्धान्तलाई औषधि उपचारका लागि सहयोग गरिएको उल्लेख छ । नेपाली टिमको प्रतिनिधित्व गरिसकेका सिद्धान्त सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगितामा फिल्डिङ गने क्रममा घाइते भएका थिए ।
सिद्धान्तले सन् २०१५ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा पदार्पण गरेका हुन् ।