बूढानीलकण्ठ फाइट नाइटको तयारी पूरा

काठमाडौं १८ बैशाख । बुढानिलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा यही बैशाख २० गते बेलुकी ५ बजेदेखि बुढानिलकण्ठ फाइट नाइट प्रतिस्पर्धा हुने भएको छ ।

गोल्फुटारको बास्केटबल ग्राउण्डमा हुन गइरहेको बुढानिलकण्ठ फाइट नाइटको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत र थाइल्याण्डका प्रोफेशनल युवा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

यस अन्तरगत मुख्य ईभेन्टमा नेपालका मिलन तामाङ र थाइल्याण्डका असादाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । अन्य ६ खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने २ वटा खेलमा नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *