सरकारको नीति तथा कार्यक्रम

लगानी जुटाउन ‘वैकल्पिक वित्त कोष’ स्थापना गरिने

काठमाडौँ, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लगानी तथा स्रोत व्यवस्थापनका लागि ‘वैकल्पिक वित्त कोष’ स्थापना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कोष स्थापना गरिने बताउनुभएको हो ।

कोष स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक’ तयार गरी संसदमा दर्ता भइसकेको छ । उक्त विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने लक्ष्य सरकारले लिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।