कुशल मल्ल टिममा परेनन्

काठमाडौँ, २० वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले ‘कोर क्याम्प’ को दोस्रो चरणमा २५ क्रिकेटर चयन गरेको छ । ५२ खेलाडी सामेल पहलो चरणबाट खेलाडी कटौती गरेर दोस्रो चरणका लागि क्रिकेटर चयन गरिएको हो । दोस्रो चरणमा राष्ट्रिय टिमका नियमित सदस्य कुशल मल्ल परेका छैनन् । देव खनाल पनि टिम बाहिर छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीका लागि क्यानले कोर क्याम्प सञ्चालन गरिरहेको छ । आगामी जुनमा स्कटल्याण्डमा विश्वकप लिग–२ को तयारीअनुरुप आगामी अप्रिल २६ देखि मे ३ सम्म मुलपानीका दुवै क्रिकेट मैदानमा कोर क्याम्पको पहिलो चरण भएको थियो ।

पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो । यद्यपि क्यानले यु१९ का तीन खेलाडी नरेन भट्ट, युवराज खत्री र सन्तोष यादवलाई थपेर ५२ खेलाडीको कोर क्याम्प बनाएको थियो । जसमध्ये युवा स्पीनर युवराजले २५ सदस्यीय टिममा पनि स्थान बनाउन सफल भए । दोस्रो चरणको क्याम्पमा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, दिपेन्द्रसिंह ऐरी, गुलसन झा, अर्जुन साउद, बसिर अहमद, दिलिप नाथ, आरिफ शेख, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिस जिसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम, किरण ठगुन्ना र शुभ कंसाकार पनि चयन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *