बार्सिलोना लिग उपाधिको सङ्घारमा
बार्सिलोना, वैशाख २१ गते । रेलिगेशनमा परिसकेको भालाडोलिडलाई बल्लतल्ल २–१ ले हराएर बार्सिलोना स्पेनी ला लिगाको उपाधिको सङघारमा पुगेको छ ।
राफिना र फर्मिनो लोपेजको गोलले बार्सिलोनाले जित हात पारेको हो । पूर्वार्धमा इभान साञ्चेजको गोलको सहयोगमा भालाडोलिडले अग्रता बनाएको थियो । मध्यान्तरमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राफिनाले खेलको ५४ औँ मिनेटमा बराबरी गोल गरे । छ मिनेटपछि लोपेजले पनि गोल गरेपछि बार्सिलोनाले तीन अङक प्राप्त गर्यो । खेलको ८० औँ मिनेटमा लामिने यमालको प्रहार भालाडोलिडका एन्टोनियो कान्डेलाले गोलरेखाबाट विफल पारेपछि बार्सिलोनाको अग्रता फराकिलो हुन सकेन ।
यस जितसँगै चार चरण बाँकी रहेको लिगमा बािर्सलोनाले दोस्रो स्थानम ारहेको रियल म्याड्रिडलाई सात अङकले पछाडी पारेको छ ।