७३ वर्षीया वृद्धा पनि कक्षा १२ को परीक्षामा सहभागी

काठमाडौँ, २१ वैशाख । माध्यमिक तहको कक्षा १२ को वार्षिक परीक्षामा आज (शुक्रबार) काठमाडौँको एक केन्द्रबाट ७३ वर्षीया वृद्धा पनि सहभागी हुनुभएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट सूर्यवती खनालले कक्षा १२ को परीक्षा दिनुभएको हो।

उहाँ तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी नियमित विद्यार्थी हुनुहुन्छ। प्रवेशपत्र अनुसार उहाँको जन्म विसं २००९ साउन ९ गते रहेकाे छ ।

चार छोराछोरीकी आमा तथा तीन नातिनातिनाकी हजुरआमा रहनुभएकी खनालले छोराछोरी हुर्किएपछि पढ्ने तीव्र इच्छा जागेकाले विद्यालय भर्ना भई नियमित पढाइलाई निरन्तरता दिनुभएको जनाएकाे छ ।

उहाँले यसअघि गोगङ्बुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गर्नुभएको थियो। उहाँका श्रीमान् पनि विद्यालयका शिक्षक हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *