राजस्थान रोयल्सविरुद्ध कोलकाता एक रनले विजयी

कोलकाता, २१ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले आइतबार राजस्थान रोयल्सलाई नाटकीय रुपमा एक रनले हराएको छ । कोलकाता पाँचौँ जितसहित ११ अङक हासिकल गरी छैटौँ स्थानमा उक्लियो ।

पहिले ब्याटिङ गरेको कोलकताले निर्धारति २० ओभरमा चार विकेटको क्षतिमा २०६ रन बनाएको थियो । राजस्थान रोयल्सले आठ विकेटको क्षतिमा २०५ रन मात्र बनाउनसक्यो । कप्तान रियान परागले लगातार छ छक्कासहित ४५ बलमा ९५ रन बनाएर पनि आफ्नो टिमलाई जित दिलाउन सक्नुभएन । यसअघि,  आन्द्रे रसेलले २५ बलमा अविजत ५७ रन बनाएर कोलकतालाई बलियो स्थितिमा पुर्याउनुभएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *