यातायात विभागमा प्रिन्टिङ मेसिन बिग्रियो, अत्यावश्यक लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द

काठमाडौँ, २८ वैशाख । यातायात व्यवस्था विभागको प्रिन्टिङ मेसिनमा आएको समस्याका कारण अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य रोकिएको छ।

विभागका अनुसार यही वैशाख २५ गतेदेखि प्रिन्टिङ प्रणालीमा समस्या देखिएको हो। यस सम्बन्धमा विभागले आइतबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि छपाइ सेवा बन्द रहने जानकारी दिएको छ।

विभागले विशेष गरी अध्ययन, रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेनामा खटिने नेपाली सेना तथा प्रहरी र गैरआवासीय नेपालीहरूका लागि यस्तो अत्यावश्यक लाइसेन्स उपलब्ध गराउँदै आएको थियो।

प्रणालीमा आएको खराबीका कारण अब यी सबै सेवा अनिश्चितकालका लागि प्रभावित भएका छन् र अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द रहने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *