तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौँ, २८ वैशाख । प्रहरीले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउपछि अध्यक्ष बस्नेतलाई आवश्यक अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।