काठमाडौंको सोह्रखुट्टेमा एक कलेजकाे क्यान्टिनमा आगलागी, सामानहरू जलेर नष्ट

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ।

कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

क्यान्टिनमा ग्यास लिक भएर आगो लागेको प्रहरीकाे भनाइ छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।

आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएको जनाइएकाे छ ।