आधा दर्जन बढी समालोचकका नजरमा शैलेन्द्रको अर्हत
काठमाडौं । शैलेन्द्र अधिकारीले लेखेको अर्हत उपन्यासमाथि कवि तथा समालोचकहरुले परिसंवाद कार्यक्रममा चर्चा गरेका छन् । उनीहरु सबैले समग्रमा पुस्तक राम्रो भएको चर्चा गरेका छन् । ‘जति चर्चा भयो, चर्चा हुन लायक थियो’ भन्दै प्रभाती किरणले सकारात्मक चर्चा गर्नुभयो ।
आख्यानीकरण राम्रोसित भएको र पढ्न सरल रहेको भनदै चन्द्र खड्काले चर्चा गर्दा राजु पौडेल किताब सुकर भएको र पढ्दा आनन्द आउने बताउनुभयो । पवन थापा आफूले पढेको र संगत गरेको किताब र व्यक्तित्व हल्लासित संयक थियो भन्दै चर्चा गदै बुद्धसित नजोडी शुद्ध आख्यान पढ्न हुन अनुरोध गर्नुभयो । अनिता कोइरालाले साधारण मान्छेको रुपमा बुद्धलाई प्रस्तुत गरेको भन्दै पुस्तकले जीवन जिउने कला सिकाउने उल्लेख गर्नुभयो । रिमा केसीले सरल भाषाशैली कथानक शैली मन परेको भन्दै किताब पढ्दा आनन्द आएको उल्लेख गर्नुभयो ।
सञ्चारकर्मी समेत रहनु भएका दिपक सापकोटाले बुद्धले आफ्नो जीवनमा तनाव पाएको उल्लेख गर्दै त्यसको बाबजुद उनले अर्हत प्राप्त गरेको भन्नुभयो । ‘बुद्ध के हो ? बुद्ध कसरी चिन्नपर्छ भन्ने हो । काँडाको बाटोमा फूल कसरी फुल्छ ?,’ उहाँले अर्हतबारे भन्नुभयो ।
राजकुमार बानियाँले २०८१ सालमा प्रकाशित उपन्यास अर्हत भएको भन्दै यो अद्योपत पढ्नै पर्ने किताब भएको उल्लेख गर्नुभयो । भुवनहरि सिग्देल बुद्ध बनेर बुद्ध पात्र भएर लेख्दा भित्रै प्रवेश गर्नुपर्छ भन्दै यो किताब बुद्धको आत्मकथा भएको उल्लेख गर्नुभयो ।
पुस्तक गत भदौमा शिखा बुक्सबाट प्रकाशनमा आएको हो। यसखअगाडि अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह प्रकाशित छन्।
