उपत्यकामा सार्वजनिक यातायात बन्दकाे प्रभाव, यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

काठमाडौं, १९ जेठ । उपत्यकामा यातायात व्यवसायीहरूले आज गरेको सार्वजनिक यातायात बन्दकाे प्रभाव परेकाे छ ।  बन्दकाे क्रममा सडक हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ जना र पूर्वी नवलपरासीबाट २ जनालाई पक्राउ गरिएको हो। “उनीहरूविरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको जनाइएकाे छ ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै आज सार्वजनिक यातायात बन्द गराएका हुन्।