नेपाली फुटबल टिमको विदाइ

काठमाडौँ, १९ जेठ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले हङकङ र लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गर्नुभएको छ ।

खेलकुदमन्त्री चौधरीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार राष्ट्रको प्रतिनिधित्व गरेर जाने टिमलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना छ, भन्नुभयो ।

नेपालले बिहिबार हङकङसँग अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल्नेछ । हङकङ स्टेडियममा हुने यो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभित्रको मैत्रिपूर्ण खेल हो । नेपालले जेठ २७ गते लाओससँग एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । एन्फाले एसियन कप छनोटको तयारीस्वरुप हङकङसँग मैत्री खेल खेल्न लागेको जनाएको छ ।

मुख्य प्रशिक्षक म्याट रोसले सोमबारै हङकङ र लाओस विरुद्धका खेलको लागि २३ सदस्यीय टोली घोषणा गरेका थिए । सो टोलीमा कुशल देउवा र सृजनराज गौतम दुई नयाँ अनुहार छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीः
किरण चेम्जोङ (कप्तान ), अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, आरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , जीलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देवुवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजन राज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठाकुरी बम र योगेश गुरुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *