थाइल्यान्डसँग नेपाल पुनः पराजित
काठमाडौँ, जेठ १९ गते । नेपालको महिला राष्ट्रिय फुटबल टिम सोमबार थाइल्यान्डसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्री खेलमा २–० ले पराजित भएको छ ।
बैंककमा भएको खेलमा घरेलु टिम थाइल्यान्डका लागि दुवै गोल मध्यान्तरपछि सम्भव भयो । खेलको ५९ औँ मिनेटमा मोङकोल्डीले करीब ३० गजबाट फ्रिकिकमा गोल गरी थाइल्यान्डलाई अगाडी पारिन् खेलको ७५ औं मिनेटमा थाइल्याण्डले अग्रता दोब्बर पार्यो । थाइल्यान्डकी रोङथोङले काउन्टर एट्याकमा दोस्रो गोल गरेकी हुन् ।
नेपालले एसियन कप छनोटको तयारीअनुरुप थाइल्यान्डसँग दुई खेलको अन्तर्राष्ट्रिय फुटबल शृङ्खला खेलेको हो । सो छनोट मे ४ देखि हँुदैछ । नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग रहेको छ । समूह विजेता एसियन कपका लाग चयन हुनेछ ।
पहिलो अन्तर्राष्ट्रिय खेलमा थाइल्यान्डले नेपाललाई १–० ले हराएको थियो । सो खेल क्लोज्ड डोरमा खेलिएको थियो ।