विश्वकप छनोटमा इङगल्यान्ड र नेदरल्यान्ड्स विजयी
बार्सिलोना, २५ जेठ । विश्वकप छनोटअन्तर्गत युरोपेली समुहमा इङगल्यान्डले फिफा वरीयतामा १७३ औँ स्थानको एन्डोराविरुद्ध सङघषपूर्ण १–० को जित निकालेको छ ।
खेलको ५० औँ मिनेटमा नोनी माडुएकेकेका पासमा हेरी केनले गोलले मात्र इङगल्यान्ड खेल जित्न सफल भयो । केनको यो १०६ अन्तर्राष्ट्रिय खेलमा ७२ गोल भएको छ । एन्डोरा मात्र ८० हजार जनसङ्ख्या भएको देश हो । एन्डोरोको घरेलु रङगशाला निर्माणकै क्रममा रहेकोले एन्डोराले आप्mनो होम गेम बार्सिलोनाको इस्पानियोल रङगशालामा खेलेको थियो ।
यसैगरी समूह जीमा नेदरल्यान्ड्स विश्वकप छनोटको आफ्नो पहिलो खेलमा फिनल्यान्डलाई २–० ले हराएको छ । विजयी टिमका लागि मेम्पिस सडिपे र डेन्जेल डम्फ्रिजले गोल गरे । अर्को खेलमा नर्वेले इटालीलाई ३–० ले हरायो । विश्वकप छनोटमा नर्वेले इटालीलाई २५ वर्षपछि हराएको हो । नर्वेका लागि अलेक्ज्यान्दर सोरलोट, नुसा र इर्लिङ हालान्डले गोल गरे । एजेन्सी
तस्बिर साभारः एएफपी