नागढुङ्गा–नौबिसे सडकखण्डमा थप पाँच दिन यातायात बन्द

 

काठमाडौँ, २६ जेठ ।   त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन थप पाँच दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ। यसअघि जेठ ६ देखि २५ गतेसम्म दिउँसो यातायात बन्द गरेर काम गरिएको भए पनि स्तरोन्नति कार्य सम्पन्न नभएकाले आगामी शुक्रबारसम्मका लागि पुनः सडक बन्द गर्ने निर्णय गरिएको सडक विभागले जनाएको छ।

बर्खाअघि नै सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्यका साथ दिउँसोको समयमा समेत काम भइरहेको छ। यसबाट यात्रुहरूलाई केही असुविधा भए पनि दीर्घकालीन रूपमा सहज यातायातका लागि यो कदम आवश्यक भएको विभागको भनाइ छ।

साना सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न विभागले आग्रह गरेको छ। सीतापाईला-रामकोट-धार्के र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडकखण्ड वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *