नेपाली महिला टिम घोषित, प्रतीक्षा पहिलो पटक टिममा

काठमाडौँ, असार ६ गते । एएफसी एसियन कप छनोटका लागि शुक्रबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । नयाँ प्रमुख प्रशिक्षक प्याट्रिक डि वाइल्डले प्रतियोगिताका लागि टिम चयन गरेका हुन् सो प्रतियोगिता उज्वेकिस्तानमा जुन २९ देखि हुनेछ ।

प्रशिक्षक वाइल्डले डिफेन्डर प्रतीक्षा चौधरीलाई टिममा समावेश गरेका छन् । प्रतीक्षा पहिलो पटक राष्ट्रिय टिममा परेकी हुन् । नेपाल समूह एफमा रहेको छ । सो समूहमा घरेलु टिम उज्बेस्तिानसँगै लाओस र श्रीलंका पनि रहेका छन् ।

नेपाली टोली
गोलरक्षक  एञ्जिला तुम्बापो सुब्बा(कप्तान), अञ्जना राना मगर, उषा नाथडिफेन्डर  अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई
मिडफिल्डरः     अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *