खेलकुद मन्त्री चौधरीद्वारा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण

काठमाडौं, ९ असार । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले त्रिवि मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट्स जडान सम्बन्धी काम भइरहेको छ ।

मन्त्री चौधरी निर्माण कार्यको प्रगति बुझ्न कीर्तिपुर जानुभएको हो । मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । स्तरोन्नतिपछि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शक क्षमता वृद्धि हुने भने रात्रीकालीन खेलको आयोजना गर्न पनि सकिनेछ ।