एमालेभित्रका स्वार्थी तत्त्वलाई प्रधानमन्त्री ओलीको चेतावनी, ‘हाम्रो लक्ष्य मिसन-२०८४ हो’

काठमाडौँ, १४ असार। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका केही स्वार्थी तत्त्वहरूले महाधिवेशन नआउँदै महाधिवेशनको अनावश्यक चर्चा गरिरहेको भन्दै कडा टिप्पणी गर्नुभएको छ।

उहाँले पार्टीको एक मात्र लक्ष्य ‘मिसन-२०८४’ मा एकल बहुमत हासिल गर्नु रहेको स्पष्ट पार्दै स्वार्थमा केन्द्रित हुनेहरूको हिसाब-किताब गरिने चेतावनी दिनुभयो।

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घले चन्द्रागिरी नगरपालिका-१३, कङ्कालीमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीका आम कार्यकर्ताहरू मिसनमा केन्द्रित रहेको बताउनुभयो।

“हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन, केही स्वार्थीहरूलाई मात्रै महाधिवेशन लागेको हो,” अध्यक्ष ओलीले भन्नुभयो, “हामी अर्जुनदृष्टिका साथ मिसन-२०८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यो अभियानमा सबै एकजुट हुनुपर्ने बेला हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *