चेल्सी र फ्लुमिनिज क्लब विश्वकपको सेमिफाइनलमा
फिलाडेल्फिया, २१ असार । प्रिमियर लग क्लब चेल्सी शनिबार ब्राजिलको पालमिराजलाई २–१ ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । खेलको ८३ औँ मिनेटमा मालो गुत्सोले निर्णायक गोल गरे ।
खेलको १६ औँ मिनेटमा कोल पाल्मरको गोलको सहयोगमा चेल्सीले अग्रता बनाएको थियो । तर पालिमिराजका १८ वर्षीय स्ट्राइकर इस्टेभाओले खेलको ५३ औँ मिनेटमा बराबरी गोल गरे । इस्टेभाओ यस सत्रमा खेल्न चेल्सीमा आवद्ध भइसकेका छन् ।
चेल्सीले सेमिफाइनलमा ब्राजिलको अर्को क्लब फ्लुमिनिजँग खेल्नेछ । फ्लुमिनिजले क्वाठरफाइनलमा सउदी अरबको अल हिलाललाई २–१ ले हराएको हो । वैकल्पिक खेलाडको रुपमा मैदान प्रवेश गरेर खेलको ७० औँ मिनेटमा हर्कुलले निर्णायक गोल गरेका हुन् । एजेन्सी
तस्बिर साभारः एपी