सर्वोच्चले पाउने भयो तीन न्यायाधीश, संसदीय समितिबाट चारै जनाको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ, २३ असार । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्का लागि एक सदस्यको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

योसँगै उनीहरूको नियुक्तिको बाटो खुलेको छ। समितिको आज बसेको बैठकले सर्वोच्चको न्यायाधीशका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गर्दै उनीहरूको नाम अनुमोदन गरेको हो।

को-को भए अनुमोदित?
सर्वोच्च अदालतका न्यायाधीशमा: वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापा
न्याय परिषद् सदस्यमा: महेशकुमार नेपाल

समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार, प्रस्तावित व्यक्तिहरूको अवधारणा, कार्ययोजना र उनीहरूविरुद्ध परेका उजुरीमाथि छलफलपछि समितिले सर्वसम्मत रूपमा नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

यसअघि समितिले न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई थप समावेशी बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको ध्यानाकर्षण गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *