सुदूरपश्चिमको मौलिकता झल्काउने देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

काठमाडौं, २७ असार । सुदूरपश्चिम प्रदेशको मौलिक लय र सांस्कृतिक जीवनशैलीलाई समेटेर तयार पारिएको नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ।

गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वरमा सजिएको यो गीतले लोकशैलीमा समसामयिक सन्देश प्रस्तुत गरेको छ।

गीतमा शब्द तथा संगीत स्वयं गायिका संगीता बडुवालको रहेको छ भने दीपक संगम बिसीले संगीत संयोजन गर्नुभएको हो।

गीतको आकर्षक भिडियो पनि निर्माण गरिएको छ, जसमा दीपक संगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, चर्चित कलाकार हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जिसी र मीना बडुवालको जीवन्त अभिनय देख्न सकिन्छ।

मिराजविक्रम सिंहले निर्देशन तथा नृत्य निर्देशन गरेको भिडियोलाई अमित बिकेले छायांकन तथा रंग संयोजन र राजेश बोहराले सम्पादन गर्नुभएको हो। शैली, प्रस्तुति र मौलिकताका कारण गीतले देउडा संगीतप्रेमी दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा निर्माण टिमको छ।

गीत गायक रोशन टमट्टाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

https://www.youtube.com/watch?v=7AXLmpJxKcI

Leave a Reply

Your email address will not be published. Required fields are marked *